वडा अध्यक्षकै कारण तटबन्ध निर्माण कार्यमा अवरोध

महेन्द्रनगर- कञ्चनपुरको वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गरेका छन् । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उनले तटबन्धको काममा अवरोध गरेका हुन् ।

Ganyapdhura gau

वडा अध्यक्ष नरेन्द्रबहादुर बोहराले ठेकेदारको काम गर्दैआउनुभएको छ । विगत देखि नै प्राकृतिक सम्पदाको दोहन गरेर वडा अध्यक्षले आर्थिक लाभ लिँदैआएको स्थानीयको भनाइ छ ।

Navadurga sun
Godawari sandesh

वडा अध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अघि सारेर उहाँले खोला दोहनको काम गरिरहनुभएको स्थानीयको गुनासो छ । ‘वडा अध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन्’ स्थानीय रघुवीर भट्टले भने, ‘सबै वडा अध्यक्षबाटै परिचालित मान्छे हुन् ।’

Dadeldhura hospital

वडा अध्यक्ष बोहराका अनुसार आफूले काम नगरेको बल्कि भाइले गरेको बर्ताए । “आर्थिक व्यवस्थापन हामीले पनि गर्नुपर्छ । कसरी चल्ने रु भाइले ठेक्कापट्टाको काम गर्छ” उनले भने।

वडा अध्यक्षले जम्मा गरेको ढुङ्गा खरिद नगरेपछि काममा अवरोध गरिएको तटबन्ध ठेक्का लिएको निर्माण कम्पनी एमबी ग्रुपले आरोप लगाएको छ । ‘हामीले काम गर्न खोज्दा वडा अध्यक्षले प्रहरी लगाएर काममा अवरोध गराउँदै आउनुभएको छ।’ सञ्चालक अमर मल्लले भने, ‘हामी यसै खोलाको तटबन्धको काम गरिरहेका छौ, हामीले काम गर्न पाउनुपर्छ भन्ने हो ।’

७० प्रतिशत काम सम्पन्न भए पनि वडाध्यक्षले काममा अवरोध गरेको उनले गुनासो गरे । वडाध्यक्ष बोहराले आफूले कुनै पनि ढुङ्गा सङ्कलन नगरेको बताए । विगतमा आफू ठेकेदार भए पनि अहिले जनप्रतिनिधि भएकाले ढुङ्गा सङ्कलन गरेर जम्मा नगरेको उनको भनाइ छ ।

गत असार १ गतेदेखि बर्षातका कारण जिल्लाका नदी र खोलामा उत्खनन् कार्य बन्द गरिएको छ । तर कञ्चनपुरको बेदकोट नगरपालिका –४ मा रहेको बगुन खोलामा गैरकानुनी ढङ्गले खोलाको दोहन जारी रहेको स्थानीयको भनाइ छ ।

Loading...