कञ्चनपुरबाट एक वर्षमा तीन करोड बढिकाे अवैध सामान बरामद

कञ्चनपुर- सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक बर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढिको अवैध सामान बरामद गरेको छ । गत आर्थिक बर्ष ०७९/०८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी तस्करीका तीन करोडभन्दा बढिका अवैध सामान बरामद गरेको हो।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत बर्ष भन्सार चोरी तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ।  गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोष्ट (बिओपी)मार्फत भारतबाट चोरी तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए।

Navadurga sun
Godawari sandesh

गणपति रावलका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामाग्री, ईटेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्नका प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो। साउनको हालसम्म मात्रै सशस्त्र प्रहरीले ३० लाखभन्दा बढिका अवैध सामान नियन्त्रण गरेर भन्सार चलान गरेको छ।

कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै चोरी छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाएसंगै भन्सार राजस्व चुहावट कम भएको छ।

Loading...