सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।

Dadeldhura hospital

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Navadurga sun
Godawari sandesh

आज तेजाबी सुन तोलाको एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Loading...