धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

कैलाली- धनगढी उप-महानगरपालिकामा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ परेका छन् । इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू चेकजाँच गर्ने क्रममा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र २९ वर्षीया की कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिकले चिकित्सा सम्बन्धी मापदण्ड पुरा नगरी इजाजत पत्र नलिएको पाइएको थियो ।

Navadurga sun
Godawari sandesh

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी मंगलबार सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...