सुन प्रकरणमा एजेन्टसहित छ जना पक्राउ

काठमाडौं- लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ ।

Ganyapdhura gau

पक्राउ पर्नेमा दोलखा मेलुङ गापा ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ गापा ३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गापा ४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई तथा ट्याक्सी चालक रहेका राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए। उनका अनुसार अहिलेसम्म पनि सुनको एकिन परिणाम थाहा भइसकेको छैन।

Navadurga sun
Godawari sandesh

उनले भने, ‘सबै सुन जोखेर सकिएको छैन। स्कुटरको ब्रेक सुको भित्रपट्टी टासिएर रहेकोले निकाल्न समय लागेको र पूरै सुन हालसम्म जोख्न नसकिएको हो।’

त्यसको मात्रा हेर्दा १ क्विन्टलभन्दा बढी हुने सम्भावना रहेको उनले जनाए। हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन मंगलबार बरामद भएको थियो । बुधबार चेकजाँचबाट पुष्टी भएपछी मात्र सार्वजनिक गरिएको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरेको थियो। सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको बताइएको छ। सुनलाई मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ।

Dadeldhura hospital

बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने प्रहरी अधिकारीको आंशका छ। बुधबार दिउँसो दुई बजे भन्सार पास भएको उक्त सुन तीन घन्टापछि बरामद भएको हो। यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनको टुक्रामा ल्याइएको पाइएको छ। विमानस्थल भन्सार कार्यालयले भने यस विषयमा केही जानकारी नभएको बताइएको छ।

सुन जडित मोटर पार्टस् कसरी भन्सार पास भयो अनुसन्धान गरिने बताएको छ। बरामद भएको सुनको तौल दिनका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ।

विमानस्थलमा रहेको राजस्व अनुसन्धान विभागका अधिकारीले यस प्रकारले सुन तस्करी हुँदैछ भन्ने पूर्वसूचना पाएका थिए। सूचनालाई पछ्याउँदै जाँदा राजस्वका कर्मचारी तस्करीको सुनसम्म पुग्न सफल भएका हुन्।

गोप्य रूपमा अनुसन्धान नै सञ्चालन गरेर सुन बरामद गर्न सकिएको त्यहाँका एक कर्मचारीले बताए। भन्सार जाँचपास गर्ने कर्मचारी पनि अनुसन्धानको घेरामा छन्। केही व्यक्ति फरार छन्।

मोटरपार्ट्सको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधबार विभागबाट गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको हो।

Loading...