वडाध्यक्षले कार्यालयभित्रै कुटे सेवाग्राही

Dadeldhura hospital

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन्। उनले कार्यालयभित्र १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन्। कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न आउने क्रममा वडाध्यक्षले कुटपिट गरेको स्थानीयले बताएका छन्।

Ganyapdhura gau

कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन्। वडा कार्यालय परिसरमा सईको नेतृत्वमा प्रहरी पठाएर अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

Loading...