सुदूरपश्चिमका यी नदीमा बहाब बढ्ने, सतर्कता अपनाउन आग्रह

Dadeldhura hospital

काठमाडौं- आज (मंगलवार) डोटी, डडेलधुरा र अछाम आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता आवश्यक छ ।

साथै आज दोलखा, सिन्धुपाल्चोक रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ ।

यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

 

Ganyapdhura gau
Loading...