बुधबारदेखि कम पानी पर्ने पूर्वानुमान

काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ ।

Ganyapdhura gau
Dadeldhura hospital

पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यसले तराई-मधेसतिर कम पानी पर्ने सम्भावनालाई इङ्गित गर्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

Navadurga sun
Godawari sandesh

‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ। पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ। भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ,’ उनले भनिन्।

मौसमविद् विनोद पोखरेलले तिब्बतबाट नेपालतिर बादल सरेकाले मध्य पहाडमा बढी वर्षा भएको र तराईका कम वर्षा भएको उल्लेख गरेका छन्। उनले ट्विटमार्फत् केही दिन तराईमा हल्का वर्षा हुने पनि प्रक्षेपण गरेका छन्।

 

Loading...