अत्तरियामा भानु जयन्ती मनाइयो

अत्तरियामा भानु जयन्ती समारोह मनाइयो

धनगढी- कैलालीको अत्तरियामा २१०औं भानु जयन्ती समारोह मनाइएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा प्रभातफेरी एवम् विविध साहित्यक कार्यक्रमको आयोजना गरी २१०औं भानु जयन्ती मनाइएको हो । बिहान ८ बजे निकालिएको सो प्रभातफेरी (बजार परिक्रमा) मा आदिकवि भानुभक्त आचार्यद्वारा रचित रामायणलाई माइकबाट बजाइदै अत्तरिया बजार परिक्रमा गरिएको थियो ।

Ganyapdhura gau

लगभग १ हजार जनाको सहभागिता रहेको प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशको मौलिक पञ्चेबाजा बजाइदै बजार परिक्रममा गरिएको थियो । जसमा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष एवम् सञ्चालक समिति सदस्यहरु, पुस्तकालयका दानदाता÷आजीवन सदस्यहरु, अत्तरिया क्षेत्रका जनप्रतिनिधिहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, कर्मचारी, बुद्धिजिवी, कलाकार, महिला आदिको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रभात फेरी समाप्ति लगत्तै प्रतिभा सामुदायिक पुस्तकालयको सभाकक्षमा साहित्यिक रचना बाचन कार्यक्रम आयोजना गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै कार्यक्रम पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय प्रकाश बहादुर बम रहेका थिए भने विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय तुलसी देवकोटा रहेकी थिइन ।

त्यस्तै अन्य आमन्त्रित अतिथिहरुमा गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष गोपालदत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल, अत्तरिया उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कल्याण सिंह बोहारा, ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक वासुदेव भट्ट, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक सदस्यहरु–विनोद कुममार भट्टराई, कुमार प्रसाद निरौला, दीर्घराज भट्ट, प्रख्यात लोक गायक हरिना साउँद, केसवराज फुलारा, सिताराम बहुमुखी क्याम्पस डोटीका क्याम्पस प्रमुख चेतराज भट्ट, साहित्यकार निर्मल कुमार भण्डारी, पदमराज जोशी भारद्वाज, मिहिलाल उपाध्याय, लालबहादुर बम, सनातन संस्कृति संरक्षण संस्था नेपालका अध्यक्ष जयनारायण अधिकारी, पतञ्जली योग समिति अत्तरियाका अध्यक्ष दुर्गाप्रसाद प्रसाइँ, नेपाल शिक्षक संघका अध्यक्ष पुष्कर राज भट्ट, नेपाल शिक्षक संगठनका अध्यक्ष नरेन्द्रराज शर्मा, अत्तरिया क्षेत्र वपरपरका विभिन्न विद्यालयका आएका शिक्षक÷विद्यार्थीहरु, अत्तरिया स्थित पृथ्वीनगर आमा समूहका महिला प्रतिनिधिहरु, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

साहित्यक कार्यक्रममा विभिन्न गायक एवम् साहित्यक प्रतिभाहरुले आ–आफ्ना आकर्षक प्रस्तुतिहरु गायन÷वाचन गरेका थिए । पुस्तकालयका उपाध्यक्ष यज्ञ बहादुर हमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव राज बहादुर कडायतले गरेका थिए

 

Loading...