नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने

Dadeldhura hospital

काठमाडौं- त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही हुने भएको छ। विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो। नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ।

Ganyapdhura gau

विश्वविद्यालयले कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो।

Loading...