थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना निको, १ जनाको मृत्यु





काठमाण्डौ- नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । देशभर २ हजार ५ सय ३२ वटा नमूनाको परीक्षण गर्दा ४८ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


नेपालमा हालसम्म २७ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै आइतबार थप ८२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ४ सय ७ जनाले नेपालमा कोरोना जितेका छन् । हाल नेपालमा ९ सय ६२ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६२ हजार ९ सय ३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।



