सुन्दरहरैँचाका लेखाअधिकृत दुई लाख घुससहित कार्यकक्षबाटै पक्राउ

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखाअधिकृत शेखर ढकाल दुई लाख घुससहित कार्यकक्षबाट पक्राउ परेका छन्। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मतसम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...