ललिता निवास प्रकरण : दीप बस्न्यातसहित चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चारजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ।

Dadeldhura hospital

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

Navadurga sun
Godawari sandesh

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरूङसहित ९ जना पक्राउ परिसकेका छन्। ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो । ललिता निवास जग्गा हिनामिना पक्ररणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

Loading...