परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन थाल्यो दुना-टपरी उत्पादन

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन दुना-टपरी उत्पादनको कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले वडा नम्बर १, ६, ७, र ११ मा दुना-टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरेको हो ।

Ganyapdhura gau

यसका लागि चारैवटा वडामा ११ मेसिन समेत हस्तान्तरण गरिएको नगर प्रमुख भरत बडायर जोशीले बताए । ‘एउटा वडाबाट १०, १५ जनालाई तालिम दिएका छौं ।’ जोशीले भने, ‘अब वडाका सबै महिलालाई यो सीप सिकाउने योजना छ । विस्तारै हामी नगरपालिकाका १२ वटै वडामा यो कार्यक्रम पुर्याउछौं ।’

Navadurga sun
Dadhaldhura pur

उत्पादित दुना-टपरीको बजारीकरणका लागि पनि नगरपालिकाले सहजीकरण गर्ने नगर प्रमुख जोशीले बताए । आगामी आर्थिक वर्षदेखि हाम्रो नगरपालिका र वडा कार्यालयमा हुने कार्यक्रममा, विद्यालयमा दुना टपरी प्रयोगमा ल्याउने नीति बनाएको बताए ।

आगामी आर्थिक वर्षदेखि परशुराम नगरपालिकामा प्लास्टिकका झोला, डिस्पोजल प्लेट लगायतका प्लास्टिकजन्य वस्तुहरूमा प्रतिबन्ध लगाउने नगर प्रमुख जोशीको भनाइ रहेको छ । जोशीका अनुसार नगरपालिकाले स्थानीयस्तरमै वातावरण मैत्री वस्तुहरूको उत्पादन र उपभोग गर्ने नीति लिएको छ ।

स्थानीय स्रोत, साधन र उत्पादनको प्रयोग गर्ने संस्कृतिको विकास भई यसमा संलग्नहरुको आर्थिक अवस्थामा सुधार आउनेमा अपेक्षा गरेका छौं, उनले भने । यस कार्यक्रम मार्फत महिलाहरुलाई आय आर्जनसँग जोड्न खोजेको जोशीको भनाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...