कैलालीका १३ वटा स्थानीय तहहरुका यस्ता छन् आगामी आर्थिक बर्षको बजेट

धनगढी– कैलालीका १३ वटा स्थानीय तहहरुका पालिकाहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता अनुसार कैलालीका १२ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन् ।

स्थानीय तहहरुमध्ये अधिकांशले चालू तथा पुँजिगत बजेट नछुट्याइ कूल अनुमानित बजेट सभामा पेस गरेका छन् । कुल अनुमानित बजेट मात्र सभामा पेस गर्ने स्थानीय तहमा गौरिगंगा, टीकापुर, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका रहेका छन् ।

Navadurga sun
Godawari sandesh

जिल्लाको दुर्गम गाउँपालिका मोहन्यालले आइतबार दिउँसो नीति तथा कार्यक्रम सभामा पेस गरेको छ भने आइतबार साँझ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० लागि अनुमानित एक अर्ब ९३ करोड बढी बजेट प्रस्तुत गरेको छ ।

धनगढी उपमहानगरपालिकाको कूल बजेट एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ रहेकोमा चालू तर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजिगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ पारित गरेको छ ।

त्यस्तै गोदावरी नगरपालिकाले कूल बजेट १ अर्ब २२ करोड ९४ लाख ७० हजारमा चालूतर्फ ७६ करोड २८ लाख ६२ हजार र पुँजिगत तर्फ ४६ करोड ६६ लाख ८ हजार रहेको छ ।

त्यस्तै गौरिगंगा नगरपालिकाले कूल बजेट ९ करोड ७१ लाख ७३ हजार पारित गरेको छ । त्यस्तै घोडाघोडी नगरपालिकाको कूल बजेट ९७ करोड ४३ लाख ९ हजार पारित गरेको छ ।

Dadeldhura hospital

त्यस्तै लम्की चुहा नगरपालिकाले कूल बजेट ९४ करोड ४२ लाखमा चालूतर्फ ६२ करोड ८८ लाख ५० हजार र पुँजिगततर्फ ३१ करोड ५३ लाख ५० हजार पारित गरेको छ ।

त्यस्तै भजनी नगरपालिकाले कूल बजेट ६४ करोड ८७ लाख पाँच हजारमा चालूतर्फ ४२ करोड ७६ लाख पुँजिगततर्फ २२ करोड ११ लाख पाँच हजार पारित गरेको छ ।

त्यस्तै टीकापुर नगरपालिकाको कुल बजेट १ करोड २३ लाख पारित गरेको छ ।

त्यस्तै जानकी गाउँपालिकाले कूल बजेट ६१ लाख पाँच लाख ७१ हजारमा चालूतर्फ ४२ करोड ५४ लाख ६० हजार सात सय ५४ रपुँजिगततर्फ १८ करोड ५१ लाख १० हजार दुई सय ४६ पारित गरेको छ ।

त्यस्तै बर्दगोरिया गाउँपालिकाको कूल बजेट ७९ करोड ६ लाख १३ हजार १ सय २४ पारित गरेको छ । कैलारी गाउँपालिकाको कुल बजेट ६३ करोड ४ लाख ६९ हजार पारित गरेको छ ।

त्यस्तै चुरे गाउँपालिकाले कूल बजेट ४९ करोड ७ लाख आठ हजारमा चालूतर्फ २९ करोड ९२ लाख ६ हजार र पुँजिगततर्फ १९ करोड ९४ लाख ४० हजार पारित गरेको छ ।

त्यस्तै मोहन्याल गाउँपालिकाले कूल बजेट ४४ करोड ८९ लाख १२ हजार पारित गरेको छ । जोशीपुर गाउँपालिकाले कुल बजेट ४४ करोड ३५ लाख ८४ हजार चार सय रुपैयाँ पारित गरेको छ ।

 

Loading...