


डडेल्धुरा- डडेल्धुराबाट अवैध काठ बरामद गरिएको छ। जिल्लाको परशुराम नगरपालिका–७ गडगडे जोगबुढाबाट मंगलवार बिहान अवैध काठ बरामद गरिएको हो।


से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्यु फिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ। बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारबाही लागि सब–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ।





