आज यी क्षेत्रहरूमा छ बाढीको जोखिम

काठमाडौं- मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन्। वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

महाशाखाले आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

Loading...