डडेल्धुराका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दै

हरिश चन्द
डडेल्धुरा, १० असार- डडेल्धुराका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालेपछि यस क्षेत्रका काँक्रा उत्पादक किसानहरु हर्षित बनेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ ।

Dadeldhura hospital

बेमौसमी काँक्राबाट ३ महिनाको अवधिमा प्रति घर परिवारले एक लाख देखि डेढ लाखसम्म आम्दानी हुने गरेको भागेश्वर गाउपालिका वडा नं.४ का युवा कृषक राजेन्द्र पनेरुको भनाई रहेको छ ।

किसानले प्रतिकिलो काँक्रा ५५ देखि ६० सम्ममा बिक्री गर्ने गरेका छन् । अहिले डडेल्धुराको फिन्नेकोट, भागेश्वर आलिताल, नवदुर्गा गाउँपालिका लगायत पर्शुराम नगरपालीकाको चिस्यान कम हुने क्षेत्रका किसान केही वर्ष यता बेमौसमी काक्रा खेती गर्न थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

यहाँ उत्पादन भएको काक्रा सात नम्वर प्रदेशका अन्य पहाडि जिल्ला सहित तराईका जिल्ला कैलाली र कञ्चनपुरमा समेत निकासी हुने गरेको छ ।

Loading...