कैलालीमा अवैध काठसहित ट्याक्टर चालक पक्राउ

धनगढी- कैलालीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति गोदावरी नगरपालिका–१२ कोलमुडाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ४ त ४७६६ नम्बरको ट्याक्टरलाई अवैध काठसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

प्रहरीले ट्याक्टर र काठसँगै गोदावरी–११ का २८ चालक वर्षीय अम्मर साउँद र ट्याक्टरमा बसिरहेका ३९ वर्षीय नन्दराम बडेलालाई समेत पक्राउ गरेको छ।

Navadurga sun
Godawari sandesh

साउँदले चलाएको ट्याक्टरमा अवैध रूपका सालको सात फिट लम्बाई भएको ४८ वटा फ्रेम र सात फिट लम्बाई भएको १८ वटा कडी फेला पारी अस्थायी प्रहरी पोष्ट ओलानीले नियन्त्रणमा लिएको छ।

ट्याक्टर र दुवै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भैइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

 

 

Loading...