बाढी पहिरोमा परी एक सातामा १३ जनाको मृत्यु, २६ बेपत्ता

काठमाडौं- बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।

Dadeldhura hospital

बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।उनका अनुसार एक साताको बिचमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको छ ।

Navadurga sun
Godawari sandesh

संखुवासभामा २० जना तथा ताप्लेजुङ र पाँचथरमा ३र३ जना बेपत्ता छन् । एक साताको बिचमा बाढी र पहिरोमा परी ८ जना घाइते भएका र ४१ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी पनि उनले दिए । सम्भावित बाढी पहिरोलाई ख्याल गरेर सरकारले पूर्व तयारी गरेको पनि उनले बताए ।

Loading...