कैलालीमा गोरुगाडासहित अवैध काठ बरामद

धनगढी- कैलालीबाट गोरुगाडासहित अवैध काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो।

Dadeldhura hospital

राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले गोरुगाडासहित काठ बरामद गरेको हो।

Navadurga sun
Godawari sandesh

बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए।

तस्करहरूले काठ रतिपुरमा रहेको मिलमा लिन जोखेको बुझिएको छ। गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

 

Loading...