कैलालीका सिडियोको गाडी दुर्घटना

धनगढी- कैलालीका सिडियोको गाडी मिनी बससँग ठोक्किदा दुर्घटना भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडियो) युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी मिनी बस सँग ठोक्किएर दुर्घटना भएको हो।

Dadeldhura hospital

गत बिहिवार सुर्खेत र नेपालगञ्जको सीमा क्षेत्रमा कैलालीका सिडिओ सवार गाडी दुर्घटना भएको छ। उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभागी हुन बुधवार सुर्खेत गएका थिए।

Navadurga sun
Godawari sandesh

अन्तर जिल्ला सुरक्षा सम्मेलन बैठकबाट फर्किने क्रममा बर्दियाको बबई आसपासमा सिडियोको गाडी दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेपछि क्षति भएको छ।

उनी सवार खाडी सुर्खेत मै रहेको र गाडी मर्मतको काम भैरहेको छ। कटेलका अनुसार गाडीमा सवार सबै सकुसल रहेका छन्। आफ्नो अवस्था सकुशल रहे पनि ठुलो दुर्घटनाबाट जोगिएको कट्टेलले बताए।

 

 

Loading...