बयालपाटा अस्पतालको सुविधा यथावत् छ, कमजोरी भए समाधान गर्छौ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् । शनिबार बिहान कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका हुन् ।

Ganyapdhura gau

शुक्रबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दा केही कन्फ्युजन भएको बताउँदै उनले बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राख्ने बताए ।

Navadurga sun
Godawari sandesh

उनले भने,’बयालपाटा हस्पिटलमा केही कन्फ्युजन भयो । नीति तथा कार्यक्रम र बजेटमा समेटिएन । म यति मात्रै भन्न चाहन्छु बयालपाटा हस्पिटललाई यो भन्दा पहिला प्रदेश सरकारले दिँदै आएको सुविधामा कुनै कटौती हुने छैन । यो विश्वास त्यहाँका जनतालाई विश्वास दिलाउन चाहन्छु । त्यसमा पनि केही कमजोरी भए पनि समाधान गरेर अगाडी बढ्ने छौँ ।’

Dadeldhura hospital

अघिल्लो वर्ष बयालपाटा अस्पताललाई प्रदेश सरकारले ९ करोड बजेट विनियोजन गरेको थियो । उनको मुख्यमन्त्री शाहको भनाई अनुसार यो वर्ष पनि बयालपाटा अस्पतालका लागि ९ करोड बजेट छुट्याइएको छ । यस्तै उनले बयालपाटा अस्पतालको दिगो समाधानका लागि पनि एक महिनापछि छलफल गर्ने बताए ।

उनले भने, ‘बयालपाटा अस्पतालको दिगो समाधानका लागि पनि हामी छिट्टै बसेर अब त्यसलाई कुन मोडेलमा लैजाने भन्ने सन्दर्भमा पनि एक महिनापछि त्यसको समाधानका लागि लाग्ने छौँ ।’

यता आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले पनि बयालपाटा हस्पिटललाई प्रदेश सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारे । शनिबार बिहान मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बयालपाटा हस्पिटललाई बजेटको पूर्णपाठमा नसमेटेको तर बजेट विनियोजन गरेको बताए ।

शुक्रबार प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा बयालपाटा अस्पतालको नाम नसुनिएपछि जनस्तरबाट विरोध भएको थियो । यसअघि प्रदेशसभा बैठकमा बोल्दै अछाम क्षेत्र नम्बर १ ९१० का प्रदेशसभा सदस्य मेघराज खड्काले पनि बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गर्न जोडदार माग गरेका थिए ।

Couple
Loading...