रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

रौतहट- बौधीमाई नगरपालिका–५ कोपवा टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। गएराती करेन्ट लागेर घाइते भएका दुबैजनाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

मृत्यु हुनेमा ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन्। चापाकल मा पानीथाप्ने क्रममा दुबैजनाको करेन्ट लागेर मृत्यु भएको हो। मृतक अरुणको किराना र पण्डितको पान पसल रहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

दुवै जना चापाकलमा पानी थाप्न जाँदा करेन्ट लागेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीका सई परमानन्द यादवले बताए।

Loading...