पुल बनेपछि आउजाउमा सहज

बाजुरा- गौमूल गाउँपालिकाको तुसारी गाड आगरमा स्टिल ट्रस्ट ब्रिज (पुल) बनेपछि स्थानीलाई आउजाउमा सहज भएको छ। पुस्तौँदेखि यो गाडमा पुल नहुँदा स्थानीयवासी बर्खाको समयमा काठे पुलमा ज्यान जोखिम राखेर दैनिक आउजाउ गर्न बाध्य थिए।

बर्खाको समय गाड तरेर नै यहाँका अधिकांश स्थानीय वल्लो पल्लो गाउँमा घर तथा वडापालिकामा जाने गर्दछन्। गाडमा पुल नहुँदा स्थानीयले बर्खाको समय खोला तरेर वा काठेपुल हालेर आउजाउ गर्ने गरेका थिए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अहिले यो गाडमा पुल बनेपछि स्थानीयलाई आउजाउमा गर्न निकै सहज भएको तुसारी गाड आगर स्टिल ट्रस्ट ब्रिज पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम रोकायाले बताए । उनले भने, ‘पुल नहुँदा ज्यान जोखिम राखेर काठेपुलमा गाड तर्नु परेको थियो।’

वडा नम्बर २ को धर्मदय आवि र जनज्योती माविमा पढ्ने अधिकांश बालबालिका विद्यालयमा आउँदा यो गाड तरेर नै आउने जाने गर्छन्। उनीहरूलाई बर्खाको समय गाड तरेर विद्यालयमा जान निकै समस्या हुँदै आएको थियो।

वडा नम्बर २ का वडाध्यक्ष देव रोकायाले गाउँपालिकाले विभिन्न निकायमा पहल गर्दै तुसारी गाडमा पुल निर्माण गरेको बताए । गाउँपालिका, स्वाप नेपाल र समुदाय जनश्रमदान गरेर २९ लाख ९५ हजार ७३३ रुपियाँको लागतमा ३२ मिटर लामो पुल बनेको हो।

 

Loading...