पानी अभावमा सुत्केरी सेवा बन्द

बैतडी- पञ्चेश्वर गाउँपालिका- १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द गरिएको छ। २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्य चौकीले सेवा बन्द भएको जनाएको हो। स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए।

Dadeldhura hospital

स्वास्थ्य चौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जम्मा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको हो। ‘आकाशे पानीको भरमा स्वास्थ्य सेवा सञ्चालन गरिरहेका छौँ । जम्मा गरेको पानी सकियो अहिले वर्षा भएको छैन । पानीबिना कसरी सेवा दिनु ?’ उनले भने, ‘पानीको अति समस्या भएर यो सेवा बन्द गर्न बाध्य भएका हौँ ।’ स्वास्थ्य चौकी हुँदै अर्को टोलमा पानी जाने भए पनि स्थानीयले पानी नदिएको बताइएको छ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य चौकीमा पानीको व्यवस्थापनका लागि हारगुहार गरेको भए पनि कसैले चासो नदिएको हो। ‘समितिसँग पनि पानीको जोहो गर्न अनुरोध गरेँ। स्थानीय तथा पानीमूल भएका ठाउँबाट पनि पानी दिन गुहार गरेँ तर कसैले दिएनन्’ उनले भने।

सुत्केरी सेवा बन्द हुँदा त्यहाँ गर्भवती महिलाले घरमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको छ। यसले मातृमृत्यु र शिशु मृत्यु हुने जोखिम बढाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

 

Loading...