ग्रीनक्लिन लिटिल फ्लावर क्लबको अध्यक्षमा : सुशान्त सिँह चयन

धनगढी– ग्रीन क्लिन धनगढी क्लब अफ लिटिल फ्लावर क्लबको अध्यक्षमा सुशान्त सिँह चयन भएका छन् । मङ्गलबार ग्रीन क्लिन धनगढी संस्थाको एक स्कुल एक इको क्लब अभियान अन्तरगत धनगढी २ को लिटिल फ्लावर स्कुलमा सचिब समुयल न्यौपानेको उपस्थीतिमा लिटिल फ्लावर क्लब गठन गरिएको हो ।

Dadeldhura hospital

नव गठीत क्लबको अध्यक्षमा सिँहसहित क्लबका पदाधिकारीहरुको पद तथा जिम्मेबारी तोकिएका छन् । जस अनुसार उपाध्यक्षमा अमृता पाण्डे, सचिबमा अंकुश लुहार, सहसचिब कबिता भट्ट, कोषाध्यक्षमा दिपीका जोशी, सह कोषाध्यक्षमा शक्ति सिँह चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै सदस्यहरुमा राजन आचार्य,अनिल सिँह, विन्दा रोकाया, दिपीका सिँह, निशान्त औजी,बिराज बोहरा, कञ्चन भण्डारी, प्रज्वल ताम्राकार दिनेश खड्का, गुञ्जन साउँद, भबिश चन्द, माया पाण्डे, मनिस सिँह, भवानी पण्डित, राजन आचार्य चयन भएको क्लबले जनाएको छ ।

कार्यक्रममा कोषाध्यक्ष साधना न्यौपाने, लिटिल फ्लावर बोडिङ् स्कुलका प्रार्चाय रामचन्द्र शाही, लिटिल फ्लावर ग्रीन क्लीनका संयोजक बिरेन्द्र ओड, लिटिल फ्लावर बोडिङ् स्कुलका डाइरेक्टर हरिषचन्द्र शाही लगायतको उपस्थीती रहेको थियो ।

Loading...