विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ । करारनामा हस्ताक्षर गर्ने क्रममा नगर प्रमुख रामबहादुर बानियाँले करारनामापछि अहिले भएको सिकाई उपलब्धिबाट यो शैक्षिक सत्रमा ३ बाट ३० पुग्ने विश्वास गरे ।

Dadeldhura hospital

बुधवार भएको करारनामा सम्झौता सफल बनाउन अभिभावक,शिक्षक,कर्मचारी ,राजनीतिक दल र जनप्रतिनिधि सबैको साथ सहयोगका हुने अपेक्षा पनि नगरप्रमुख बानियाँको छ ।

Navadurga sun
Godawari sandesh

३४ बुँदामा शैक्षिक क्यालेन्डर बनाउने, मातहतका शिक्षकसँग पनि प्रधानाध्यापकले करार सम्झौता गर्ने विद्यालयले गाउँ टोलमा अभिभावक शिक्षा दिनु पर्ने , कक्षामा वालमैत्री बसाइँ बनाउने, गुणस्तर सुधारको अवस्था बारे त्रैमासिक र अर्धवार्षिकरुपमा समीक्षा गर्ने, परीक्षा इकाई बनाउने, अभिभावक भेला तीन-तीन महिनामा गर्ने, विद्यालयको भौतिक, आर्थिक अभिलेख दुरुस्त राख्ने, त्रैमासिक, दोस्रो त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रतिवेदन दिने लगायतका बुँदा समेटिएका छन् ।

यस्तै गरेर हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने, स्वस्थ दिवा खाजाको व्यवस्था गर्ने, कक्षा ८ को जिपिए २.५ भन्दा बढी पुगाउने, सबै कक्षाको सिकाइ उपलब्धि ५० प्रतिशत बढी पुगाउने, विद्यालयले सूचना अधिकारी राख्ने, मूल्याङ्कनका आधारमा प्रधानाध्यापकको करार अवधि थप्ने कि नथप्ने निर्णय गर्ने लगायतका बुँदा करारनामा समेटिएका छन् ।

 

Loading...