गरुडा नगरपालिकामा हाकिमको नक्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

रौतहट- जिल्लाको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन्।

हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्ने प्रयास गरेका गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रहेका रामनारायण साहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनलाई पक्राउ गरेको हो।

पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद जयसवालले बताए।

पाँच लाख रुपैयाँको गोश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए। सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Loading...