एक सय दिनपछि सुदूरपश्चिमको सरकारले पूर्णता पाउँदै

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिन पुरा गरेको छ । सय दिन पुगेपछि मन्त्री परिषद पनि बिस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार विस्तार हुने बताएका छन् ।

Dadeldhura hospital

माओबादीबा झपट साउद, रमेश धामी र गीता मालको नाम टुंगिएको बुझिएको छ । धामी र साउद मन्त्री हुने छन् भने माल राज्यमन्त्री हुने माओबादी स्रोतले बताएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा सहभागी हुने मुख्यमन्त्री शाहको दाबी छ । यदपी उक्त पार्टीले अझै मन्त्रालयको भागबण्डामा सहमती जनाएको छैन ।

अहिले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिला मन्त्री छन् । ५३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादी ४, राप्रपाका र स्वतन्त्रका एक/एक सदस्य रहेका छन् ।

Loading...