

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।



अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने उनले बताए।


त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको पनि उनले बताए। बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको श्रेष्ठको भनाइ छ।