विपत् व्यवस्थापनको तयारी

डडेलधुरा- जिल्ला विपत् व्यवस्थापन समिति विपत् व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । मनसुन भित्रिने समय नजिकिँदै गर्दा जल तथा मौसमको गडबडीले मानव समुदाय एवं प्राकृतिक क्षेत्रमा पु(याउने क्षति कम गर्न विपत्को पूर्वतयारी थालिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायका प्रमुखहरूबीच सोमबार यस विषयमा छलफल गरी सञ्जाल निर्माणमा जोड दिए ।

Navadurga sun
Godawari sandesh

उनले विपत्सम्बन्धी सूचना तथा जानकारी सञ्जाल भए पनि पुरानो भएकाले समय सन्दर्भ अनुसार व्यक्ति र संस्थाहरूको सम्पर्क नम्बर रहने गरी नयाँ सञ्जाल निर्माण गर्न लागिएको बताए ।

Dadeldhura hospital

जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालय कोहलपुर बाँकेको मातहतमा रहने गरी डडेलधुराका खोला, नदी र जङ्गल क्षेत्र गरी नौ वटा स्थानमा वर्षा एवं हावापानी मापन केन्द्र राखिएका छन् ।

जिल्लाभित्र भइरहेका प्राकृतिक गतिविधिबारे सरोकारवाला निकायलाई नै सूचना तथा जानकारी नहुने तथा लामो बाटोबाट ढिला गरी सूचना जानकारी प्राप्त हुने भएकाले हाल सूचना तथा जानकारी सञ्जाल निर्माण गरिन लागेको उनले स्पष्ट पारे।

त्यसका लागि गैरसरकारी संस्था मर्सिकोर र रुडुक डडेलधुराले सहयोग गरिरहेको उनले बताए । डडेलधुराका विभिन्न स्थान नदी, खोला किनारमा पानी अनुगमन र जङ्गल क्षेत्रमा रहेका वर्षा मापनकर्तालाई बोलाई छलफल गरेर सम्पर्क नम्बरहरू एक ठाउँमा समावेश गरी सूचना तथा जानकारी सञ्जाल निर्माण गरिन लागेको रुडुक डडेलधुरा कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिए ।

डडेलधुराको परशुराम नगरपालिका–६, कुणास्थित महाकाली नदी किनार, परशुराम–५, परशुराम धामस्थित महाकाली नदी, परशुराम–१२, कैनपानीस्थित रङ्गुन नदी, परशुराम–३ र शीर्षस्थित शीर्षगाड, आलिताल गाउँपालिका–८, कालाकोटस्थित रङ्गुन नदीमा अवलोकनकर्ता खटाइएको छ ।

यसै गरी गन्यापधुरा गाउँपालिका–१, साहुखर्क, भागेश्वर गाउँपालिका–२, रुपला नौताडी, परशुराम नगरपालिका–९, गाईबाँधे र डोटी–डडेलधुराको सिमाना डोटीको जोरायल गाउँपालिका–१, गैरा बजारनजिक वर्षा मापन उपकरण राखेर विपत्सम्बन्धी मापनकर्ता खटाइएको छ ।

Loading...