कैलालीकाे अत्तरियामा सुबिधा सम्पन्न होटल रुजकोट दरबार संचालनमा

अत्तरिया– सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दु अत्तरियामा सुबिधा सम्पन्न होटल संचालनमा आएको छ । होटल रूजकोट दरबार नाम दिएर ६ लेन सडक अत्तरियाको धनगढी रोडमा शुक्रबार देखि होटल संचालनमा आएको हो । बैतडीको पुर्चाैडि नगरपालिका महरागाउँ घर भएका संचालक महेशबहादुर महराले ३५ लाखको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन ।

सञ्चालक महराले सुदूरपश्चिमका स्थानीय परिकारहरुको प्रर्वद्धन साथै सुदूपश्चिमको टिपिकल खानाका परिकारहरुको उपलब्ध गर्ने उद्देश्यले होटल सञ्चालमा ल्याइएको बताए । उनले होटलमा सुदूरपश्चिममा पाईने फापर, कोदो, गुन्द्रुक, बटुक, ढिडो, गतानी डुब्का, फाणो लगायतका स्थानिय स्वादिष्ट परिकारहरुको स्वाद लिन पाईने बताए ।

Navadurga sun

उनले विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुका उत्पादनलाई बजार सम्म ल्याएर त्यसको प्रर्वद्धन गर्ने योजना रहेको बताए। त्यसका साथै होटलमाफ्रेञ्चाइज आइटम’ परिकारहरु पिज्जा बर्गरका साथै ईन्डियन,चाईनिज परिकारहरु पनि उपलब्ध रहेको बताए । उनले सञ्चालनमा ल्याइएको होटलमा  बास बस्नका लागि उचित काेठाहरुको  सुबिधा समेत रहेको बताए ।

ADD Khali jpg
Loading...