४६ वर्षपछि जिल्ला अस्पताल अछाममा विशेषज्ञ चिकित्सक

अछाम, २३ जेठ- स्थापना भएको ४६ वर्षपछि जिल्ला अस्पताल अछामले विशेषज्ञ चिकित्सक (एमडिजीपी) पाएको छ।
अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा पहिलो पटक डाक्टर सोनाली बास्कोटा आएकी छिन् । सरकारी कोटाबाट छात्रबृत्तिमा एमडिजिपी सकाएका डाक्टर बास्कोटाले २ वर्षे कार्य क्षेत्रका रुपमा अछामलाई रोजेकी छिन् ।

Dadeldhura hospital

२०२८ सालमा हेल्थ सेन्टरको रुपमा सेवा सुरु गरेको अस्पताल २०३४ सालमा मात्रै जिल्ला अस्पतालका रुपमा परिणत भएको थियो । त्यसयता अस्पतालमा मेडिकल अधिकृतका रुपमा डाक्टर अस्पतालमा आएपनि अधिकृत भन्दा माथिल्लो स्तरको डाक्टर अस्पतालले पाउन सकेको थिएन ।

Navadurga sun
Godawari sandesh

विशेषज्ञ चिकित्सक आएपछि अस्पतालको सेवामा धेरै परिवर्तन हुने विश्वास त्यहाँका स्थानीय वासीहरुले लिएका छन् ।
१५ शय्याको स्वीकृति रहेको जिल्ला अस्पतालमा डाक्टर बास्कोटा सहित अहिले ६ जना चिकित्सक कार्यरत रहेका छन्।

Loading...