कैलाली जिप दुर्घटनाः एक जनाको मृत्यु

अत्तरिया- कैलालीमा आइतबार सु.प. प्र. ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठकुन्नाको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ ।

Dadeldhura hospital

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा १७ वर्षीय हरिश धामी, १८ वर्षीया सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् । जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ । गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Loading...