
बैतडी- बैतडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वरमा जिप दुर्घटना भएको हो । देहीमाण्डौं-गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भीटामा जिप दुर्घटना भएको हो । गणमेश्वरबाट देहीमाण्डौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।


जिप दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थलमा पुगेको छ । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको बताइएको छ । १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।





