बाजुराका तिन ओटै क्याम्पसमा अनिश्चित तालाबन्दी

बाजुरा- बाजुरामा रहेका तिन ओटै क्याम्पसमा तालाबन्दी गरिएका छन् । स्ववियू निर्वाचन आए सँगै विद्यार्थी नेताहरूले तालाबन्दी गरेका हुन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको सुदूर पश्चिम बिस्वबिद्यालयको आङिक क्याम्पसको रूपमा रहेको बडिमालिका क्याम्पसबाट तालाबन्दी गर्न सुरु गरिएको हो ।

अनेरास्ववियुले विद्यार्थी भर्नामा नेबिसंघले हाली मुहाली गरेको भन्दै बडिमालिका क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा तालाबन्दी भएको र कहिले खोलिने भन्ने विषयमा अनिश्चित बनेको क्याम्पसले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसै गरी सुदूर पश्चिम विश्वविद्यालय अन्तरगत आङिक क्याम्पस बाजुरा क्याम्पसमा पनि तालाबन्दी गरिएको छ । बाजुरा क्याम्पसमा नेबिसघं बाजुराले तालाबन्दी गरेको हो ।

विद्यार्थी भर्नाको विषयलाई लिएर बाजुरा क्याम्पसमा तालाबन्दी गरेको नेबिसंघले जनाएको छ । त्यसै गरी जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको बुढिनन्दा क्याम्पस पनि सोमबार देखी तालाबन्दी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको बुढिनन्दा क्याम्पसमा ५ गते भएको स्ववियू निर्वाचनमा धादली भएको र पुन मतदानको माग सहित नेबिसघ लगायतका सरकारको गठबन्धन दलका विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेको जनाएको छ ।

यहि ५ गते भएको मतदानमा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्वबियू, नेबिसघ लगायत अनेरास्वबियु बिच धादली भएपछि मतदान स्थगित भएको मतदानको माग सहित क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।

Loading...