


बाग्लुङ- अवैध जडिबुटीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका–१ देवचोकबाट सुनाखरी १ सय ३८ किलो ५ सय ग्राम, एक खुट्टे च्याउ २२ किलो ५ सय ग्राम र वन लसुन ९ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसिखोला गाउँपालिका –५ कारीगाउँ बस्ने २४ वर्षीय मिलन भण्डारी र सोही गाउँपालिका –४ कानाबगर बस्ने २१ वर्षीय रेशमबहादुर मल्ल रहेका छन् ।


ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले निसिखोला गाउँपालिकाबाट–४ कानाबगरबाट बुर्तिबाङतर्फ जादैगरेको लु.१ ज ४५२६ नम्बरको जिपमा ल्याउँदैगरेको जडिबुटी पक्रउ गरेको प्रहरीले जनाएको छ । जिप चालक मिलन र जिपमा सवार रेशमलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । त्यसबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।

