कैलालीबाट लागू औषधसहित २ जना पक्राउ

धनगढी- कैलालीबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका–४ बुढितोला बस्ने ३६ वर्षीय शेरबहादुर तामाङलाई लागू औषधसहित पक्राउ गरेको हो।

Dadeldhura hospital

प्रहरीले दिनेशको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम र शेर बहादुरलाई गोदावरी नगरपालिका २ दक्षिणकाली पेट्रोल पम्प नजिकबाट २ सय २० मिलिग्राम ब्राउनसुगरसहित लागू औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उनीहरूको साथबाट जम्मा ६ ग्राम ३ सय ७० मिलिग्राम लागू औषध बरामद गरिएको प्रहरी जनाएको हो । सोमबार बिहान ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरू दुबैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

Loading...