काठमाडौं- देशका केही भागमा आज पनि मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।



आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।


बुधबार र बिहीबार पनि देशका पहाडी भू(भागका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।