सुप समावेशीलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको छ । राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालले २४औ स्थापना दिवसको अवसरमा उक्त सामग्री सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई सहयोग सामग्री हस्तान्तरण गरिन ।

godawari10 Mahila hinsa
Navadurga sun

सामग्री हस्तान्तरण पश्चात बोल्दै खरेलले अपांगता भएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन । २४औ स्थापना दिवसका अवसरमा सही ठाउँमा आएर सहयोग गर्न पाएको बताउदै उनले उक्त स्थापना दिवस सदैव याद रहिरहने बताईन ।

Dadeldhura hospital

अपांगता भएका विद्यार्थीहरुलाई हात समातेर, डोर्‍याएर अनुशासित र ईमान्दार बनाएको देखेर अचम्मीत भएको उनले बताईन। अपांगता भएका बालबालिकाहरुलाई आवाशिय सेवा सहितको शिक्षा दिईरहेको यस्तो विद्यालयलाई सरकारले पनि प्राथमिकतामा राख्न जरुरी रहेको उनले बताईन । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको स्थापनाकालदेखी हालसम्मको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

‘मानव अधिकार, सुशासन र सामाजिक न्यायमा पहरेदारी, दिगो विकास र समृद्धिका लागी पारस्परिक साझेदारी’ भन्ने मुल नाराका साथ स्थापित निड्स नेपालले विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागी ३० हजार ४ सय ३५ रुपैया बराबरका सामग्रीहरु सहयोग गरेको थियो । जसमा ४ कट्टा चामल, २२५ थान कपी, ५०० थान पेन, १५० थान पेन्सिल, २५ दर्जन कलर, १० किलो मिक्स दाल, ५ पाकेट खानेतेल, ५ पाकेट नुन, ५ किलो चिनि, ४ पाकेट मसला तथा फलफुलहरु रहेका थिए ।

कार्यक्रममा निड्स नेपालका उपाध्यक्ष धन बहादुर चौधरी, कार्यकारी सह निर्देशक प्रकाश मडै लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

Loading...