वीरगञ्जमा जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप भएको छ । झडपमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएका छन् ।

Dadeldhura hospital

वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दस्पक गिरीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । ‘गाउँका मानिसहरुले सडक छेउमा मोटरसाइकल पार्किङ गरेका रहेछन्, त्यसले गर्दा जन्ती आएको गाडी छिर्न सकेनछ’, उनले भने, ‘त्यही विषयमा विवाद भई दुई पक्षबीच झडप भएको रहेछ ।’ झडप भएको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेकोले भागदौड मच्चिएको थियो । भाडदौडका क्रममा केही सर्वसाधारण पनि पक्राउ परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Loading...