डडेल्धुरामा खाद्यान्न न्यून

डडेल्धुरा- एउटा मानिस स्वस्थ रूपमा बाँच्न प्रतिवर्ष १९० किलो खाद्यान्न चाहिन्छ। त्यो आधारमा भने डडेल्धुरावासीलाई २८१ मेट्रिकटन खाद्यान्न न्यून रहेको छ। चालू आर्थिक वर्ष २०७९र८० को कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार डडेल्धुरामा खाद्यान्न न्यून रहेको छ। डडेल्धुराले त्यो अपुग खाद्यान्न कैलाली तथा कञ्चनपुरजस्ता तराईका जिल्लाबाट पूर्ति गरिरहनु परेको छ।

Ganyapdhura gau

खेती योग्य जमिन दिन प्रतिदिन घट्दै गएका कारण उत्पादनमा ह्रास आउने गरेको कृषि विकास निर्देशनालय दिपायल डोटीका निमित्त निर्देशक यज्ञराज जोशीले बताए । सुदूरपश्चिममा माटो उर्वर शक्तिमा समेत ह्रास आइरहेको उनले बताए । उनले माटो उर्वर हुनलाई कम्तीमा पनि तीन दशमलव छ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्ने उल्लेख गर्नुभयो। अहिलेसम्मको तथ्याङ्क हेर्दा ५२ प्रतिशत खेतीयोग्य जमिन नास भइसकेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

माटो उर्वर शक्तिमा ह्रास आउँदा खाद्य सङ्कट निम्तिन सक्ने उनले जिकिर गरे । रासायनिक मल प्रयोगमा ध्यान दिएर प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए । कुल क्षेत्रफल एक लाख ५३ हजार आठ सय हेक्टर रहेको डडेल्धुरामा खेतीयोग्य जमिन ११ हजार ६१६ हेक्टर रहेको छ भने खेती गरिएको जमिनको क्षेत्रफल १० हजार ६६७ रहेको छ। यसमध्ये पनि वर्षभरि सिँचाइ हुने जमिनको क्षेत्रफल तीन हजार २०२ रहेको।

Dadeldhura hospital

आंशिक सिञ्चित हुने जमिनको क्षेत्रफल एक हजार ८०६ रहेको कृषि विकास निर्देशनालयका अधिकृत केशव पाण्डेयले जानकारी दिनुभयो।एक लाख ३९ हजार ४२० जनसङ्ख्या रहेको डडेल्धुरामा कृषि पेसामा निर्भर रहेकाको जनसङ्ख्या ६५ प्रतिशत छ। प्रतिकृषक खेती योग्य जमिन शून्य दशमलव ५ प्रतिशत रहेको छ। खाद्यान्न बालीमा उत्पादन वृद्धि भए पनि आपूर्ति हुन नसकेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ।

गत वर्ष धान उत्पादकत्व प्रतिहेक्टर २ दशमलब ९ मेट्रिकटन थियो भने चालू आर्थिक वर्षमा प्रतिहेक्टर ३ दशमलव ३ मेट्रिक टन उत्पादन भएको छ। यो गत वर्षभन्दा १३ दशमलव ७ प्रतिशतले बढी हो। यस्तै मकैको उत्पादकत्व वृद्धि प्रतिहेक्टर गत वर्ष दुई दशमलव ४ मेट्रिक टन थियो भने चालू आर्थिक वर्षमा प्रतिहेक्टर तीन मेट्रिकटन भएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टका अनुसार तेलहन बालीको क्षेत्र विकास गत वर्ष १७ हेक्टर थियो भने चालू आर्थिक वर्षमा २० हेक्टर, गहुँ क्षेत्र विस्तार गत वर्ष आठ हजार ७४४ थियो भने यस वर्ष आठ हजार ७५५ हेक्टर पुगेको छ। गहुँको बीउ उत्पादन गत वर्ष २६ हेक्टर थियो भने यस वर्ष २८ हेक्टर, आलु क्षेत्र विस्तार गत वर्ष २०० हेक्टर थियो भने यस वर्ष २५० हेक्टर पुगेको छ। आलु उत्पादकत्व वृद्धि गत वर्ष २१ मेट्रिकटन थियो भने यस वर्ष साढे २२ मेट्रिकटन भएको छ। यो गत वर्षभन्दा सात प्रतिशतले बढी हो।

फलफूल उत्पादनतर्फ डडेल्धुरामा स्याउ उत्पादन गत वर्ष ९ मेट्रिक टन रहेकोमा यस वर्ष १० मेट्रिक टन पुगेको छ। ओखर उत्पादन गत वर्ष ४०० मेट्रिकटन थियो भने यस वर्ष ४५०, सुन्तला जात फलफूल गत वर्ष दुई हजार ४०० मेट्रिक टन थियो भने यस वर्ष दुई हजार ५००, केरा उत्पादन गत वर्ष ८२० मेट्रिक टन थियो भने यस वर्ष ८५०, दलहन उत्पादन गत वर्ष एक हजार ६६२ मेट्रिक टन थियो भने यस वर्ष एक हजार ६३५ र तरकारीको उत्पादकत्व प्रतिहेक्टर गत वर्ष १३ दशमलव चार थियो भने यस वर्ष प्रतिहेक्टर १८ मेट्रिक टन पुगेको छ। गोरखापत्रबाट

Couple
Loading...