३ वर्षपछि बाजुरामा एमडीजीपी डाक्टर

बाजुरा- जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि एमडीजीपी चिकित्सक आएका छन् । ३ वर्षअघि डा. दुर्गा महर्जन सरुवा भएपछि हालै डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

Ganyapdhura gau

एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरामा बस्ने बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निक साइमन्स इन्स्टिच्युटले डा. देवकोटा बाजुरा बस्दासम्म केही सुविधा दिनेछ । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा अब अन्त्य हुने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले वताए ।

बाजुरामा एमडीजीपी चिकित्सक ल्याउनका लागि मन्त्रालयमा धेरै पहल भएको सांसद बद्रि पाण्डेका स्वकीय तालबहादुर रावतले बताए ।पहिला जिल्लामा एमडीजीपी चिकित्सक हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतमा स्वास्थ्य समस्याको शल्यक्रिया हुँदै आएको थियो ।

 

Loading...