चितुवाको छालासहित ३ जना पक्राउ






नेपालगंज- प्रहरीले बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमबाट दुई वटा चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका-३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका-७ का कमल डीसी र हिमेन्द्रबहादुर वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।



