सत्यवती एकेडेमीका सञ्चालक कडायतद्वारा सेभहाउसलाई खाद्यान्न सामग्री हस्तान्तण

प्रकाशबहादुर बोहरा
अत्तरिया, १७ माघ– कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सत्यवती एकेडेमीले खाद्यान्न सहयोग गरेको छ । एकेडेमीले गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया मै रहेको सेभ हाउसलाई संचालक बिरबहादुर कडायतले सहयोग गरेका हुन् । खाद्यान्न सामाग्रीमा चामल, दाल, ब्रस, कोलगेट, सोइबिन लगायतका सामग्रीहरु एक महिना भरि पुग्ने गरी सेभहाउसका सञ्चालक जानकी मलासीलाई हस्तान्तरण गरी सहयोग गरेको हो ।

Ganyapdhura gau

सहयोग सामग्री हस्तान्तण गर्दै कडायतले समाज परिवर्तनमा लाग्नु भएको मलासीले आफ्नो व्यक्तिगत जीवन बालबालिकासँग बिताउनु भएको छ । ‘हामीलाई आफ्नै बच्चाको भरण पोषण गर्न पनि गार्‍हो लाग्ने गर्छ ।’ उनले भने, ‘सुदूरपश्चिमका विभिन्न ठाउँका आमाबुवाका छत्रछायाँ नपाएका बालबालिकाहरुलाई आफु आमा बनेर यस्तो सराहनिय कार्य गर्नु भएको छ ।’

Navadurga sun
Dadhaldhura pur

बालबालिकाहरुको भविष्य निर्माण गर्नको साथै यस ठाउँबाट देशमा चिनाउने नागरिक हुन सक्छन् भन्ने हिसाबले उहाँले यस्तो किसिमको पु्रन्य कार्य गर्नुभएको छ त्यसैले हामिले गरेको यस्तो किसिमको कार्य हामी ठूलो रुपमा नलिएको उनले बताए । त्यस्तै सामाजिक सहभागिताको हकमा सत्यवती एकेडेमी जहिले पनि अगाडी आउने गर्छ ।

‘संचालक मात्र नभएर त्यहाँका हरेक विद्यार्थीहरुमा पनि हामिले सामाजिक सहभागिता गर्नुपर्छ समाजका रहेक अशक्त व्यक्तिलाई शक्तव्यक्तिले नजान्नेलाई जान्नेले ठूलालाई सानाले सहयोग गर्नुपर्छ भन्ने भावना हामीले त्यहाँ पनि जगाएका छौं ।’ उनले भने, ‘बेला बखतमा शिक्षा दिवसको उपलक्ष्यमा, बाल दिवसको उपलक्ष्यमा हामीले बालबालिकाहरुलाई पनि उपस्थित गराउने गछौं ।’ उनले भने हामीसँग भएको कम्प्युटर ल्याव देखि लिएर सम्पूणर् किसिमको खेल मैदान लगायत खेलकुदका सामाग्रीहरु रहेकोले यहाँ रहेको बालबालिकाहरुलाई शनिबार अथवा सार्वजनिक बिदाका दिन आफ्नो एकेडेमीमा ल्याएमा खेल्न र कम्प्युटर चलाउने व्यवस्था मिलाई दिने समेत बताए । उहाँले आउँदा दिनमा बालबालिका सहित सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यस्तै हस्तान्तरण कार्यक्रमा संस्थाकी मलासीले सत्यवती एकेडेमीले २०७३ सालदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको बताइन् । बिगत २ बर्ष पहिलापनि ४० वटा राम्रो तातो कोट पनि हस्तान्तरण गर्नु भएको थियो । हाम्रो यस संस्थामा रासन सकिएको अवस्थामा यस्तो किसिमको हस्तान्तरण गर्नु भएको रिदय देखि धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा सत्यवतीका प्रिन्सिपल योशोदा कडायतको समेत सहभागिता रहेको थियो । सेभहाउसमा सहारा विहिन बालबालिकाहरु बस्दै आएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...