

धनगढी- कैलालीमा ट्याक्टरसहित अवैध काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रतिपुरबाट सालको गोलियासहित ट्याक्टर नियन्त्रणमा लिइएको हो।



एक थान सालको गोलियासहित ८२ चिरान काठ बरामद गरिएको छ। सब–डिभिजन वन कार्यालय सुखडबाट खटिएको गस्ती टोलीले ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवैध काठ बरामद गरेको हो।


से १ त ९२६५ नम्वरको ट्याक्टरका चालक २२ वर्षीय जीवन शाहीलाई प्रकाउ गरिएको सव–डिभिजन वन कार्यालय सुखडका प्रमुख सोमलाल घलानले बताए।





