आगलागी र वन मुद्दामा फरार २ प्रतिवादी पक्राउ

धनगढी– कैलालीमा आगलागी र वन मुद्दामा फरार २ जना प्रतिवादीहरु पक्राउ परेका छन् । बुधबार बिहान ०९ः३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आगलागी र वन मुद्दाका फरार २ प्रतिवादीलाई कैलालीको बर्दगोरिया गाउँपालिकाबाट पक्राउ गरेको हो ।

Dadeldhura hospital

कैलाली जिल्ला अदालतको मिति २०६९ फागुन १३ गते फैसला भई फरार रहेका आगलागी मुद्दाका कैलालीको कोटातुल्सिपुर १ घर भई हाल बर्दगोरिया गाउँपालिका ४ का बिर बहादुर चौधरी रहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कैलाली जिल्ला अदालतको मिति २०७४ जेठ २९ गतेको फैसलाले ६ महिना कैद भई फरार रहेका वन मुद्दाका कैलाली कोटातुल्सिपुर ९ घर भई हाल बर्दगोरिया गाउँपालीका वडा नं. ५ का ज्ञान बहादुर कठरीयालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई लुकीछिपी बसिरहेका अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी कैलाली जिल्ला अदालतको पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...