बाजुरामा भीरबाट लडेर एकको मृत्यु

Dadeldhura hospital

बाजुरा- गौमूल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए।

बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए। मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन्।

Navadurga sun
Godawari sandesh
Loading...