अछाममा थप १० दिन निषेधाज्ञा थप (सूचना सहित)




अछाम, ११ जेठ- अछाममा १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।


छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तीव्र रूपले बढिरहेका, अछाममा अछामीबासीहरु भारतबाट घर फर्किने क्रम जारी रहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्बाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।



प्रमुख जिल्ला अधिकारी मल्लले औषधि, स्वास्थ्य सामग्री बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूणर् रूपमा बन्द गर्ने र स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा सेवा उपलब्ध गराउन सकिने बैठकले उक्त निणर्य गरेको हो।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निणर्य गरेको छ ।




